११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

रिक्तभएको एक वर्षपछि नयाँ राजदूत पठाउने सरकारको तयारी

रिक्तभएको एक वर्षपछि नयाँ राजदूत पठाउने सरकारको तयारी
अ अ+ अ-

काठमाडौं । सरकारले राजदूत फर्कनुअघि नयाँ तय गर्न सकेको छैन। गत असारमा पद रिक्त हुनु तीन महिनाअघि नयाँ राजदूत सिफारिस गरिसक्ने कार्यविधि पारित भइसकेको छ। कार्यकाल सकिनु तीन महिना अघि राजदूत नियुक्ति हुने प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन।

सरकार गठन भएको ११ महिना भइसकेको छ। त्यसयता फिर्ता बोलाइएका र कार्यकाल सकिएका राजदूतका स्थानमा नयाँ नियुक्ति भएको छैन। रिक्तभएको एक वर्षपछि सरकारले नयाँ राजदूत पठाउने तयारी गरेको छ।

राजनीतिक परिवर्तनलगत्तै संसदीय सुनुवाइ समिति नहँुदा सरकारलाई राजदूत नियक्तिमा समस्या भएपनि अहिले त्यस्तो छैन। असार २४ को मन्त्रिपरिषद् बैठकबाट पारित राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा पद खाली हुनु ३ महिनाअघि नै नियुक्ति प्रक्रिया सुरु गर्ने उल्लेख छ।

सरकारले विवादमा परेकी राजदूत लक्की शेर्पालाई राजिनामा गर्न लगायो, तर त्यहाँ कसलाई पठाउने हो त्यो तय गर्न सकेको छैन। यस्तै स्पेन, बंगलादेश, दक्षिण कोरियाका राजदूतलाई कार्यक्षमतामा प्रश्न उठाउँदै फिर्ता बोलाइएको छ। ती स्थानमा पनि नयाँ राजदूत पठाउने विषय प्राथमिकतामा परेको छैन।

कार्यकाल सकिनै लागेका दक्षिण अफ्रिकाका रादूतलाई फिर्ता बोलाएर न्यूर्योकको स्थायी प्रतिनिधि बनाइएको छ। परराष्ट्रसँगै अन्य मन्त्रालयका अधिकारी पनि राजदूतको लविङमा छन्। संसद् सचिवालयले पनि अन्तर्राष्ट्रिय मामिला हेर्दै आएका व्यक्ति राजदूतमा जान पाउनुपर्ने लविङ थालेको छ।

जनताले पत्याएको वर्तमान सरकारले यस्ता सामान्य विषयमा चासो राख्नु आवश्यक रहेको अधिकारीहरू सुझाउँछन्। यद्यपी परराष्ट्रमन्त्री ज्ञवालीले संसदीय समितिमा राजदूत सिफारिशको नमिठो पाटो उल्लेख गरी सिफारिश कसरी हुँदो रहेछ भन्ने छनक दिइसकेका छन्। ‘अन्यत्र कहीं अवसर नपाएकालाई राजदूत भए पनि पठाइदिनु भन्छन्। त्यो सूची हेर्दा हाँसो उठ्छ’, संसदीय समितिको बैठकमा मन्त्री ज्ञवालीले भनेका थिए। यही कारणले पनि राजदूत चयनमा ढिलाइ भएको उनको आशय थियो। यसअघि सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेपनि विवादमा परेपछि औपचारिक रूपमा सार्वजनिक गर्न सकेन।

अस्ट्रेलिया, स्पेन, बंगलादेश, दक्षिण अफ्रिका र दक्षिणकोरियामा राजदूत पद खाली

राजदूतमा समावेशीलगायतका विषय उठेपछि सरकारले सक्षम ब्यक्तिलाई पठाउने तर्क गरिरहेको छ। उपलब्ध ब्यक्तिमा सक्षमलाई समावेशी आधारमा नियुक्तिको सिफारिस गर्ने सरकारले बताइसकेको छ। राजदूत हुन विश्व परिवेशको उत्कृष्ठ ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुक बारे जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड ल्याए पनि सिफारिस व्यक्ति त्यसमा अब्बल भएरनभएको प्रश्न उठ्ने गरेको छ।

राजदूत पदको मर्यादालाई हल्कारूपमा लिन नहुने भन्दै नयाँ मापदण्ड बनाए पनि नियुक्ति गर्दा त्यो लागू नहुने पुरानै समस्या हो। परराष्ट्र मन्त्रालय भित्रबाट नै राजदूत हुनेले कतिले स्तरीय अंग्रेजी र अर्को मुलुकको राष्ट्रिय भाषा बुझ्छन् यो विषयमा पनि वहस आवश्यक छ। सेवा प्रवेशपछि उनीहरूको परीक्षण हुने परिपाटी छैन।

सिंगापुरमा परराष्ट्र सेवाका ब्यक्ति भनेपछि अन्य सेवा तर्र्सन्छन्। तर्सनुको कारण हो, कूटनीतिक सेवामा रहेकाको ज्ञान। तर, हामी कहाँ तर्सनु पर्ने अवस्था छैन। फ्लाइङ राजदूतको कन्सेप्ट त्यहाँ छ।

पछिल्लो समय राजदूत पद र त्यसको गरिमालाई हल्कारूपमा लिन थालिएकोमा परराष्ट्र मन्त्रीले चिन्ता ब्यक्त गरेका छन्। सरकारले भारतमा निलाम्बर आचार्य, संयुक्त राष्ट्रसंघका लागि दुई नेपाली मिसन न्यूयोर्क र जेनेभामा क्रमशः अमृतबहादुर राई र मणीप्रसाद भट्टराईलाई राजदूतमा नियुक्त गरिसकेको छ। यस्तै युएईमा कृष्णप्रसाद ढकाल र मलेसियामा उदयराज पाण्डेको नियुक्ति भइसकेको छ। दोस्रो लटमा सिफारिस परेकामध्ये राष्ट्रसंघमा सहमति चाँहिदैन भने अन्य स्थानमा सहमति चाहिने हुनाले ढिलाइ भएको हो। भारतबाट यसपटक तुलनात्मक रूपमा छिटो सहमति आएको थियो। अन्य राजदूत भने नियुक्त हुने प्रक्रियामा नै छन्। उनीहरूको सहमति सरकारले कुरिरहेको छ। सरकारले क्यानडा, फ्रान्स, थाइल्याण्ड र कुवेतमा पनि राजदूत सिफारिस गरिसकेको छ।

नेपालको ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र ६ स्थानमा महावाणिज्य दूतावास छ। सरकारले दूतावासको अवस्था अध्ययन गर्न एक टोली बनाएर खटाइ सकेको छ। धेरै पटक दूतवास आवश्यक भए–नभएको, आवश्यक कर्मचारी राख्ने विषयमा समितिले अध्ययन गरे पनि ती सिफारिस थन्किने गरेका छन्। पूर्वराजदूत रुद्र नेपालको नेतृत्वको टोलीले अध्ययन थालेको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।