२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर–कट्रिनाको सम्बन्ध अझै छ त ?



अ+ अ-

पछिल्लो दुई वर्षदेखि सँगै बस्दै आएको बलिउडका चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफ औपचारिक रुपमा अलग भएको पनि धेरै भइसकेको छ ।

भारतीय मिडियाहरुको अनुसार छुट्टिनुभन्दा अगाडि दुबै जना विल्सन अपार्टमेन्टमा बस्दै आएका थिए । यो जोडी मध्ये रणबीर बुबा आमासँगै बस्न थालेका छन् । उता कट्रिना पनि छुटै बस्न थालेका थिए ।

दुई वर्ष अगाडि कट्रिनासँग नजिकिएपछि रणबीर बाबु आमासँग अलग भएर कट्रिनासँगै बस्दै आएका थिए । मिडियाका अनुसार कट्रिनाको कपुर खानदानका सदस्यहरुसँगको सम्बन्ध पनि राम्रै थियो ।

यद्यपि अहिले यो जोडी अब अलग भएको छ। तर, दुइले भने आफूहरुको सम्बन्धको बारेमा कुनै कुरा खुलाएका छैनन् । यो बर्ष बिहे नै गर्ने भनेर चर्चामा रहेको जोडी अलग भएको खबरले बलिउडमा यसको चर्चा चुलिएको थियो ।