२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत



अ+ अ-

वेलिङ्टन। न्युजिल्यान्डको केन्द्रीय बैंकले बुधबार आफ्नो आधिकारिक नगद दर २५ आधार अंकले बढाएर २.७५ प्रतिशत पुर्‍याएको छ ।

जुन त्रैमासिकमा वार्षिक मुद्रास्फीति बढेर ४.१ प्रतिशत पुगेपछि बैंकले यस्तो निर्णय गरेको हो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढ्नु मुद्रास्फीति वृद्धिको प्रमुख कारण बनेको छ ।

न्युजिल्यान्डको रिजर्भ बैंकको मौद्रिक नीति समितिले मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुतर्फ फर्काउन तथा आर्थिक वृद्धि र रोजगारीलाई समर्थन गर्न मौद्रिक प्रोत्साहन क्रमशः हटाउनु उपयुक्त हुने जनाएको छ ।

समितिका अनुसार, जुन त्रैमासिकमा कमजोर आर्थिक वृद्धि भए पनि न्युजिल्यान्डको आर्थिक पुनरुत्थान सम्भवतः पुनः सुरु भएको छ । व्यापारिक साझेदार मुलुकहरूबाट आएको बलियो माग र उच्च निर्यात मूल्यले निर्यातमा निर्भर क्षेत्र तथा प्रदेशमा आम्दानी वृद्धि र लगानीलाई सहयोग गरिरहेका छन् ।

तर कमजोर आम्दानी वृद्धि, रोजगारीको असुरक्षा र घरको मूल्यमा आएको स्थिरताले घरपरिवारको खर्च तथा आवासीय लगानीमा दबाब कायम राखेको छ । यसको प्रभाव विशेषगरी देशको सबैभन्दा ठूलो सहर अकल्यान्ड र राजधानी वेलिङ्टनमा देखिएको समितिले जनाएको छ ।

समितिले आगामी दिनमा आर्थिक पुनरुत्थान थप बलियो र व्यापक हुने अपेक्षा गरेको छ । निर्यात क्षेत्र लचिलो रहने तथा घरपरिवारको खर्च क्रमशः बढ्दै जाने उसको अनुमान छ ।

आर्थिक पुनरुत्थानले गति लिएसँगै श्रम बजारको अवस्था पनि सुधार हुने र मुद्रास्फीति २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुमा फर्किएपछि जनताको क्रयशक्ति बढ्ने समितिले जनाएको छ । साथै, आगामी मौद्रिक नीतिका निर्णयहरू मध्यम अवधिको मुद्रास्फीतिमा रहेका जोखिमहरूबीचको सन्तुलनबारे समितिको मूल्याङ्कनमा निर्भर रहने बताइएको छ ।

न्युजिल्यान्डकी अर्थमन्त्री निकोल विलिसले एक वक्तव्यमा भन्नुभयो, “अघिल्ला केही आर्थिक सुधारका चरणभन्दा फरक, यसपटकको पुनरुत्थान घरको मूल्य बढ्नुको सट्टा निर्यात क्षेत्रबाट अघि बढिरहेको छ । यो भविष्यका लागि सकारात्मक सङ्केत हो ।” रासस