२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीमा परी दिवङ्गत प्रहरी कर्मचारीको परिवारजनलाई विशेष आर्थिक सहयोगस्वरूप तत्काल प्रतिव्यक्ति रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा प्रहरी हेडक्वार्टरमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४० करोडसमेत प्रदान गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ । यही भदौ १० गतेको भोटेकोशी बाढीमा परी २५  प्रहरी अझै बेपत्ता छन् ।

दिवङ्गत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने बैठकको निर्णय छ । उनीहरूका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायकपर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निःशुल्क प्रदान गर्ने समितिको निर्णय छ ।

बैठकले बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरीको व्यक्तिगत सामग्री क्षतिको राहतस्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । रासस