२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियाका १३५ जनाको उद्धार



अ+ अ-

बर्दिया। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीपछि बर्दियाका १३५ जनाको उद्धार गरिएको छ । तीमध्ये २९ जना घर फर्किसकेका छन् भने दुई जना उपचाररत् छन् ।

जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन लोकप्रसाद ढकालका अनुसार बाँसगढी–२ का नन्दलाल घर्तिको राष्ट्रिय ट्रमा सेन्टर र बारबर्दिया–१ का रामप्रसाद थारुको त्रिवि शिक्षण अस्पताल महराजगञ्ज काठमडौँमा उपचार भइरहेको छ ।

रसुवा गएकामध्ये जिल्लाका अभैm ७३ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन रहेका व्यक्तिको खोज तथा उद्धारका लागि रसुवा, नुवाकोट, धाडिङ, गोर्खा, चितवनलगायतका प्रमुख जिल्ला अधिकारीसँग निरन्तर समन्वय गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

बाढीबाट सम्पर्कविहीन रहेका गुलारिया नगरपालिकाका–२, बाँसगढी नगरपालिकाका १२, राजापुर नगरपालिकाका ११, बारबर्दिया नगरपालिकाका २२, ठाकुरबाबा नगरपालिकाका १०, मधुबन नगरपालिकाका १, गेरुवा गाउँपालिका १४ जना गरी ७३ जना व्यक्ति अभैm सम्पर्क विहीन रहेको बिपद् फोकल पर्सन ढकालले जानकारी दिनुभयो ।

सम्पर्कविहीन हुनेमध्ये पावर चाइना हाईड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्सट्राक्सन कम्पनी, रसुवा सुरुङ्मार्गमा अधिकांस कामदारका रूपमा काम गर्न गएका व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाबाट रसुवा लागायतका बाढी प्रभावित जिल्लामा कति व्यक्ति काम गर्न गएका थिए, कुनै यकिन तथ्याङ्क भने छैन ।  रासस