२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु आठ लाख २५ हजार सहयोग प्रदान गरेको छ ।

विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीका अनुसार विद्यालयले प्रधानमन्त्री राहत कोषमा रु सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु २५ हजार सहयोग रकम प्रदान गरेको छ ।

“विद्यालयकोतर्फबाट रु तीन लाख ५३ हजार आठ र शिक्षक तथा कर्मचारीकोतर्फबाट रु दुई लाख ४४ हजार ७५२ सहयोग हस्तान्तरण गरेका छौँ”, प्रिन्सिपल मौनीले भन्नुभयो, “विद्यालयमा अध्ययनरत विद्यार्थीबाट सङ्कलन भएको रु दुई लाख २७ हजार २४० गरी कुल आठ लाख २५ हजार रकम बाढीपीडितका लागि सहयोग गरिएको हो ।” उक्त राहत रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरिएका हो । रासस