१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर–कट्रिनाको सम्बन्ध अझै छ त ?



अ+ अ-

पछिल्लो दुई वर्षदेखि सँगै बस्दै आएको बलिउडका चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफ औपचारिक रुपमा अलग भएको पनि धेरै भइसकेको छ ।

भारतीय मिडियाहरुको अनुसार छुट्टिनुभन्दा अगाडि दुबै जना विल्सन अपार्टमेन्टमा बस्दै आएका थिए । यो जोडी मध्ये रणबीर बुबा आमासँगै बस्न थालेका छन् । उता कट्रिना पनि छुटै बस्न थालेका थिए ।

दुई वर्ष अगाडि कट्रिनासँग नजिकिएपछि रणबीर बाबु आमासँग अलग भएर कट्रिनासँगै बस्दै आएका थिए । मिडियाका अनुसार कट्रिनाको कपुर खानदानका सदस्यहरुसँगको सम्बन्ध पनि राम्रै थियो ।

यद्यपि अहिले यो जोडी अब अलग भएको छ। तर, दुइले भने आफूहरुको सम्बन्धको बारेमा कुनै कुरा खुलाएका छैनन् । यो बर्ष बिहे नै गर्ने भनेर चर्चामा रहेको जोडी अलग भएको खबरले बलिउडमा यसको चर्चा चुलिएको थियो ।