२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थी बिचल्लीमा



अ+ अ-

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । समाचार आजको नागरिक दैनिकमा छ ।
त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन् ।