१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्तिमाको मुकुनलाई आग्रह : मलाई बुढी भनन् (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको फिल्म ‘बुलबुल’ले फिल्म भित्रको एक दृश्य सार्वजनिक गरेको छ । सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समेटिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महत्वपूर्ण अंशरहेको निर्देशक विनोद पौडेलले बताए । फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको जानकारी गराए ।

यो दृश्यले प्रेमको आशक्ति र मनोदशालाई सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ । पौडेलले भने, ‘ यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । फिल्म हेर्ने धेरैले यो दृश्यलाई फिल्मको मुटु भएको र धेरैले आफुपनि नोस्टाल्जियमा पुगेको पनि प्रतिक्रिया दिएका छन् । दृश्यले फिल्म कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ । अहिलेसम्म फिल्म नहेरेका दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगरको भूमिका निर्वाह गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर भन्न सकिने पनि पौडेलले बताए ।’

शुक्रबारबाट प्रदर्शन थालेको फिल्मले सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइनमा उत्कृष्ट समीक्षा पाउँदै आएको छ । समीक्षकले फिल्मको प्रस्तुति, अभिनय, प्राविधिक काम र निर्देशन दुर्लभ भएको प्रतिक्रिया दिएका छन् । निर्माता अविरल थापाले फिल्मको व्यापार दिन प्रतिदिन बढदै गएको बताएका छन् ।


‘शनिबार लगभग शतप्रतिशत र बाँकी दिनमा चालिसदेखि पचास प्रतिशतको हिसाबले फिल्मले दर्शक पाइरहेको छ । यो आँकडा हाम्रो अनुमान अनुरुप नै छ । यसरीनै माउथ पव्लिसिटी बढदै गए सप्ताहान्तसम्ममा हामी लगानीका हिसाबले सुरक्षित हुन्छौं भन्ने विश्वास छ,’थापाले भने ।

फिल्म १ करोड हाराहारीको बजेटमा बनेको हो । निर्माता थापाले फिल्मले राम्रो समीक्षा पाएसँगै डायस्पोरामा पनि फिल्मको माग बढेको र आफनो सिनेमा सबटाइटल राखेर संसारभर बिक्री गर्न सकिने स्तरको भएको हुँदा अन्य विदेशी बजारमा पनि किनबेचको प्रक्रिया अघि बढिरहेको जानकारी गराए ।