३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय बैठकमा ३ मिनेट ढिलो पुगेको भन्दै जापानी मन्त्रीको राजीनामा माग



अ+ अ-

जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले विरोध गर्दै बैठक बहिस्कार गरेका छन् ।

बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै पाँच घण्टा बैठक बहिष्कार गरेका हुन् ।

मन्त्री साकुरादाले श्रृंखलाबद्ध रुपमा गल्ती गरेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् । उनी विवादास्पद अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहेका छन् ।

उनले गत साता पौडीबाज रिकाको इकिलाई ल्युकेमिया रोग लागेको कारण आफू दुखी भएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । उनले भनेका थिए, ‘सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो । उनीप्रति हाम्रो ठूलो आशा थियो । म निराश भएको छु ।’

उक्त अभिव्यक्तिपछि उनले क्षमा पनि मागेका थिए ।

साथै, सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए।

अनि गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए।

विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन्। बिबिसीबाट