२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ घाइते



अ+ अ-

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा सो बम विस्फोट भएको छ ।

उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद जिल्लामा रहेको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

छदेखि आठ किलो विस्फोटक पदार्थले भरिएको सो बम दुर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

बम विस्फोट भएको इलाकामा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यस बम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।




भर्खरै