ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका नेकपाका युवानेता एवं मन्त्री रविन्द्र अधिकारीकाे दाहसंस्कार उनकै गृह जिल्ला कास्कीकाे पाेखरामा पूर्ण राजकीय सम्मानका साथ शुक्रबार गरियाे । पाेखरामा ठूलाे जनसमूह अधिकारीकाे शाेकमा भेला भएकाे थियाे ।
दिवंगत मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई पोखराको सेती नदी किनारस्थित रामघाटमा दागबत्ती दिँदै श्रीमती विद्या र छोराद्वय विराज र स्वराज । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस मन्त्री रवीन्द्र अधिकारीको शवयात्राका लागि पोखरा प्रदर्शनी केन्द्रमा भेला भएका स्थानीय जनता । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस दिवंगत मन्त्री रवीन्द्र अधिकारीको पोखरा प्रदर्शनी केन्द्र आयोजित श्रद्धान्जलिपश्चात पोखरामा गरिएको शवयात्रामा स्थानीयबासी । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस हेलिकप्टर दुर्घटनामा दिवंगत हुनुभएका मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँकी श्रीमती विद्या अधिकारी । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस हेलिकप्टरमा परी दुर्घटना परी निधन भएका मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँका छोराद्वय विराज र स्वराज । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा सलामी अर्पण गरिदै । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस