८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

वन्यजन्तुबाट जोगाउन रातभरि शव कुर्नु पर्ने

वन्यजन्तुबाट जोगाउन रातभरि शव कुर्नु पर्ने
अ+ अ-

ताप्लेजुङ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भयो । त्यही दिन सबै शव सुकेटार विमानस्थल ल्याउन सकिएन । रातभरि रुँघेर राखेको तीनवटा शव बिहीबार बिहान सुरक्षाकर्मीले दुर्घटनास्थलबाट हेलिकप्टरमा उठाइदिए ।

शव र दुईजना सेनालाई डोरीमा झुन्ड्याएर हेलिकप्टर सुकेटार विमानस्थल उडेलगत्तै हिमपात सुरु भयो । खुला आकाशमुनि हिउँमा रात कटाएको उद्धार टोलीलाई कसरी फर्कने भन्ने समस्या भयो । ‘मौसम एकैछिन खुलेको बेला शव पठाउन सफल भयौं,’ उद्धारमा खटिएका ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले भने, ‘लगत्तै वर्षा र हिउँ पर्न थालेकाले फर्कन समस्या भयो ।’ दुर्घटनास्थल पाथीभरा क्षेत्रको फेदीबाट करिब एक किलोमिटर दूरीमा पर्छ । कडा चट्टानी पहाड छिचोल्दै दुर्घटनास्थल पुग्न अत्यन्तै कठिन छ  ।

अघिल्लो दिन राति कम हिउँ भएकाले स्थानीय र सुरक्षाकर्मीको टोली पहराको बीचमा धुवाँ आएको ठाउँ पहिल्याउँदै त्यहाँसम्म पुगेका थिए । चार शव उठाउन सघाएर उनीहरु फर्किए । राति सुरक्षाकर्मी मात्रै बसे । ‘तीन ठाउँमा आगो फुकेर वरिपरि बस्यौं,’ सशस्त्र प्रहरी निरीक्षक युगहाङ पतङ्वाले भने, ‘चिसोले बिरामी परिन्छ कि भन्ने डर थियो । तर कसैलाई केही भएन ।’ उनका अनुसार वन्यजन्तुबाट जोगाउन पनि शव  रुँघेर बस्नैपर्ने बाध्यता थियो । यो समाचार सीताराम गुरागाईले अन्नपूर्णमा लेखेका छन् ।