८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

झापाका नदीहरूकाे जथाभावी दाेहन, सरकारी निकायहरूकाे माैनता रहस्यमय

झापाका नदीहरूकाे जथाभावी दाेहन, सरकारी निकायहरूकाे माैनता रहस्यमय
अ+ अ-

भद्रपुर । झापा जिल्लामा नदी उत्खनन प्राकृतिक श्रोत उपभोग नियमावली विपरित भइरहे पनि स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको रहस्य बाहिर आएको छ । स्थानीय सरकारमार्फत ठेक्का लागेका झापाका अधिकांस नदी उत्खननको जिम्मा लिएका ठेकेदारले तोकिएको मापदण्ड मिचेर काम गरिरहे पनि स्थानीय सरकारले कार्वाही गर्न नसकेको पाइएको हो ।

प्राकृतिक श्रोत बाँडफाड तथा उपभोग नियमावली अनुसार खोला र नदी जन्य सामग्री उत्खननबाट आउने आम्दानीमा स्थानीय सरकार पहिलो हकदार रहने कानुनी प्रावधान अनुसार प्रदेश सरकार मार्फत स्थानीय सरकारले वार्षिक ठेक्का लगाएका हुन् । वातावरणीय परीक्षण प्रतिवेदनले तोकेका स्थानबाट मात्र उत्खनन गर्नु पर्ने प्रावधानलाई झापाका स्थानीय सरकारले वेवास्ता गर्दा ठेकेदारको मनोमानीमा खोला दोहन बढिरहेको हो ।

जिल्ला समन्वय समिति झापाको नेतृत्वमा जिल्ला अनुगमन समितिले झापाका खोला नदी अनुगमन गर्ने क्रममा नियम विपरित उत्खनन भइरहेको पाइएको छ । पछिल्लो पटक सदरमुकाम भद्रपुर नगरपालिका तथा मेची नगर क्षेत्रका खोलाको अनुगमन गर्दा जताततै सामग्री निकालेको पाइएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार भद्रपुरबाट गलगलिया जोड्ने नवनिर्मित पूलको मुनिबाट ६ वटा ट्याक्टरले नदीजन्य सामग्री अवैध उत्खनन् गरेको भेट्टाइएको थियो ।

पूल मुनि नै रकम संकलन गर्न वसेका ठेकेदार सञ्जिव पौडेलले पूरै खोला नै किने जसरी वालुवा उठाउन लगाइरहेका थिए । अनुगमन टोलीले प्रहरीसँगको सहकार्यमा मे १ त ६९०९, मे १ त ६९७२, मे १ त ५६०८ नम्वरको सहित ६ वटा ट्याक्टरलाई नियन्त्रमा लिएर नगरपालिकामा पठाएको थियो । नगरले प्रति ट्याक्टर २५०० रुपैयाँ जरिवाना गरी पहिलो पटक छोडेको र फेरि अवैध उत्खनन भए ट्याक्टर नै जफत गरिने प्रमुख पोर्तेलले बताएका छन् ।

जिल्ला प्रशासनबाट सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरोकारवाला कार्यालयसँगको सहकार्यमा अनुगमन गरिएको हो । भद्रपुर नगरपालिकाको लापर्वाहीले जताततै उत्खनन भएको पाइएको छ । नगर कार्यालयबाट १ किलोमिटरभन्दा नजिक रहेको क्षेत्रमा पनि एरिया नतोकी नगरले मेची नदीको सबै क्षेत्र नै ठेकेदारलाई बेचे जसरी उत्खनन् गराइरहेको पाइएको छ ।

‘हल्दिवारीबाट आफ्नै घर बनाउन फिनिसिङको वालुवा लिन आएको हुँ’, हल्दिवारी ३ का होमलाल आचार्यले भने, ‘हाम्रो गाउँपालिकामा पनि देउनीयामा ठेक्का लागेको छ, त्यहाँ पैसा उठाउन वसेका मान्छेले निकाल्ने ठाउँ देखाइ दिन्छ, यहाँ सबैले यहीँबाट उठाइरहेका रहेछन् । मेचीको वालुवा फिनिसिङलाई राम्रो हुन्छ भनेर आएँ । मैले पनि निकालेँ वेकारमा फसेँ ।’ उनको गुनासो छ ।

मेची खोलाको देवीवस्ती क्षेत्रमा मेची पूलको ५०० मिटर उत्तर, ४०० मिटर लम्वाई, १०० मिटर चौडाईमा आधा मिटर गहिरोबाट नदीजन्य सामग्री उत्खनन गर्नु पर्ने वातावरण प्रभाव मुल्याङ्कन (आइइइ) भएको भए पनि सो स्थान कहाँ हो भन्ने सो क्षेत्रमा पत्ता लगाउन नै मुस्किल छ । सो ठाउँबाट १० हजार घनमिटर मात्र सामग्री निकाल्न सकिन्छ । तर, नगरले यसबारे उपभोक्तालाई जानकारी दिने कुनै वोर्ड पनि राखेको छैन ।

यसबारे प्रश्न गर्दा ठेकेदार सञ्जीव पौडेलले ठाउँ देखाउँदा ट्याक्टरवालाले नमानेको बताए । ‘हामी यहाँ हुँदैन भन्छौं नि ट्याक्टरवाला मान्दैन’, पौडेलले भने । तर, खोला देखाउँदा नमान्नेले पैसा दिन पनि मान्दैनन् होला नि भन्ने प्रश्नमा केही पनि उत्तर दिएनन् । अनुगमन टोलीले ट्याक्टरमा लोड गरिएको वालुवा त्यही खन्याउन लगाएर कार्वाहीका लागि पठाएको थियो ।