८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याम्स अस्पतालले भन्यो- भरतमोहनलाई बचाउन गाह्रो छ



अ+ अ-


काठमाडौं । पूर्व अर्थमन्त्री भरत मोहन अधिकारी उपचाररत ह्याम्स अस्पतालले उहाँलाई बचाउन निकै गाह्रो रहेको जनाएको छ । उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेकोले बचाउन निकै गाह्रो भएको आज विज्ञप्ति प्रकाशन गरेर सो अस्पताले जनाएको हो ।


शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको जानकारी दिएको छ ।


अस्पताल प्रशासनले उनलाई बचाउन सक्ने अवस्था नरहेको समेत जानकारी दिएको छ । उनलाई कृतिम श्वासप्रश्वास दिएर बचाइएको ह्याम्सले जनाएको छ । अस्पताल स्रोतका अनुसार भारतबाट उनकी छोरी आउँदै गरेकोले उनलाई कृतिम श्वास दिएर राखिएको स्पष्ट पारेको छ ।