८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा इमान्दार नेता भएनन्- पूर्व राष्ट्रपति यादव



अ+ अ-


काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशले इमान्दार नेता नै नपाएको बताएका छन् । उनले भने, मुलुकमा इमान्दार नेताहरुको अभाव भयो, देशले यस्तो नेता नै पाएन ।
डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो गुनासो गरेका हुन् । उनले भने, ‘अहिले राजनीतिक क्षेत्रमा को मान्छे छ, जसको नाम सुन्दा तपाई शिर निहुराउनु हुन्छ ?
त्यस क्रममा उनले भने, जसरी मनमोहन, पुष्पलाल, कृष्णप्रसाद, वीपी वा गणेशमानको नाम लिँदा जनताको शिर आफैं निहुरिन्छ तर अहिले त्यस्तो को छ र देशले गर्व गर्नसक्ने ?
इतिखेर देशमा इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था पनि छैन, उनले भने । पूर्वराष्ट्रपति यादवले भने, अहिले कांग्रेस लगायतका दलहरुले प्रत्यक्षतर्फ ठेकदारलाई टिकट दिएको र समानुपातिकको सिट बेचेका छन् रे, मैले त्यस्तै सुनेको छु ।