२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले भन्यो ‘पाकिस्तानमा पक्राउ परेका पाइलटमाथि भयो उत्पीडन’



अ+ अ-

भारतीय विंग कमान्डर अभिनन्दन पाकिस्तानबाट फर्किएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । अभिनन्दनलाई भारतीय वायुसेनामा पठाउनु अघि उनलाई ‘सामान्य’ गर्ने कोसिस गरिँदै छ ।

पाकिस्तानी सेनाले अभिनन्दनलाई ६० घण्टासम्म नियन्त्रणमा लिएको थियो । अभिनन्दनको फाइटर प्लेनलाई नियन्त्रण रेखा पारी पाकिस्तानले खसालेको थियो र उनलाई नियन्त्रणमा लिएको थियो ।

३५ वर्षका अभिनन्दनलाई शुक्रबार राती सबैभन्दा पहिले एयर फोर्स सेन्ट्रल मेडिकल लगिएको थियो । त्यहाँ उनको शारिरिक र मानसिक स्थितीबारे परीक्षण भएको थियो । त्यसपछि उनलाई रिसर्च एण्ड रेफरल अस्पतालमा भर्ना गरियो ।

अस्पतालमै भारतीय रक्षामन्त्री निर्मला सीतारमणले शनिबार अभिनन्दनलाई भेटेकी थिइन् । सरकारको दुई सूत्रमन अनुसार अभिनन्दनले पाकिस्तान हिरासतमा मानसिक उत्पीडनको सामना गर्नुपरेको थियो ।

अभिनन्दनलाई जुन दिन पाकिस्तानले भारतलाई सुम्पिएको थियो त्यो दिन उनको एउटा भिडियो बनाइएको थियो । उक्त भिडियोलाई पाकिस्तानको प्रोपागान्डा भिडियो बताइएको छ ।

अभिनन्दनलाई वरिष्ठ डाक्टरको समूहले परीक्षण गरिरहेका छन् । अधिकारीले अहिलेका लागि उनको स्वास्थ्यलाई प्राथमिकता दिइएको बताएका छन् ।