८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी पुनः लिगको शीर्ष स्थानमा, लिभरपुललाई लाग्यो धक्का



अ+ अ-

काठमाडौँ । बर्नेमाउथलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई १–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेजले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा बराबरी खेलको सिटीले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो ।

खेलको ५५ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा आफ्नो अग्रतालाई कायमै राख्दै सिटीले बर्नेमाउथविरुद्ध जित हात पारेको हो ।

जितपछि सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले २९ खेलबाट ७१ अंक बनाएको छ । पराजित बर्नेमाउथको भने २९ खेलबाट ३४ अंक छ ।

२८ खेल खेलेको लिभरपुलको ६९ अंक छ । लिभरपुलमाथि सिटीले लिगमा दुई अंकको अग्रता बनाएको छ ।