८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

पूर्व प्रधानमन्त्री अधिकारीको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी पुरा

पूर्व प्रधानमन्त्री अधिकारीको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी पुरा
अ+ अ-

काठमाडौँ । दिवंगत पूर्व प्रधानमन्त्री एवम पहिलो पुस्ताका कम्युनिष्ट नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ ।

नेकपा सचिवालयको अनुसार १२ बजेपछि अधिकारीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढासकेका छन् । पार्टिले शोक व्यक्तव्यपनि जारी गरिसकेको छ ।

विज्ञप्ति हेर्नुहोस्ः

शोक वक्तव्य
(केन्द्रीय सचिवालयबाट पारित)

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउप्रधानमन्त्री कमरेड भरतमोहन अधिकारीको हिजो राती ९.३५ बजे काठमाडौँस्थित ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको छ । पार्टी निर्माण, लोकतान्त्रिक संघर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता गुमाउनुपर्दा हाम्रो पार्टी मर्माहत भएको छ ।

विक्रम् सम्बत् १९९३ बैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिनुभएका कमरेड भरतमोहन अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न/जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराउनुभएको थियो । १६ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका उहाँले २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गर्नुभएको थियो भने ०१९ मा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन हुनुभएको थियो ।

कम्युनिस्ट आन्दोलनलाई जोगाउन र अघि बढाउन सक्रियतापूर्वक लाग्नुभएका उहाँले पूर्व कोशी प्रान्तीय कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै ०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । ०३५ सालमा कमरेड मनमोहन अधिकारीको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरोमा रहनुभएका उहाँ ०४३ मा कमरेड साहना प्रधानले नेतृत्व गरेको नेकपा (पुष्पलाल समूह) सँग एकतापछि निर्मित नेकपा (माक्र्सवादी) को पनि पोलिट्ब्युरो सदस्य रहुनुभएको थियो । ०४६ सालको जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वाारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्यका रुपमा उहाँले जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

०४७ मा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता गरी नेकपा (एमाले) निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कमरेड अधिकारी ०७१ मा पार्टीको सक्रिय राजनीतिबाट विदा नलिँदासम्म स्थायी कमिटी सदस्य रहनुभएको थियो । पार्टीमा रहँदा उहाँले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय कमिटी जस्ता पार्टी कामको नेतृत्व गर्नुभएको थियो ।

सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका राख्नुहुने कमरेड भरतमोहन अधिकारीले राजकीय क्षेत्रमा निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा मोरङ– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कमरेड अधिकारी ०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य हुनुभएको थियो । संसद्भित्र उहाँले अनुभवी सांसदका रुपमा काम गर्नुका साथै पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । ०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर जनविश्वास हासिल गर्नमा उहाँले निर्वाह गरेको भूमिका जनस्तरमै स्थापित छ । ०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहनुभएका कमरेड भरतमोहन अधिकारीले ०६३ मा अन्तरिम संविधान र ०७२ मा संविधानसभाबाट नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

कमरेड अधिकारीले ०५१ र ०५५ सालमा अर्थमन्त्री, ०५३ सालमा निर्माण तथा यातायातमन्त्री तथा ०६१ र ०६७ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी बहन गर्नुभएको थियो ।

कमरेड भरतमोहन अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु(याउनुभएको योगदानको उच्च सम्मान गर्दै हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, शोकको यस घडीमा उहाँकी जीवनसंगिनी कमरेड सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष अध्यक्ष