१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाउन्न हजार घुस लिने दुई प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौँ । नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा वीरगंजबाट कृषि ऋण मिलाइदिने बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिने एक जनाविरुद्ध आरोप पत्र पेश गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिई गएको टोलीले जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका वडा नं–४, तुल्सीवरवा स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरीलाई बाह्र हजार घुस रकमसहित पक्राउ गरिएको थियो ।

गिरीविरुद्ध अनुसन्धान हुँदा श्री रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरिया, पर्साका प्रधानाध्यापक अब्बास मियाले जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी कृषि कर्जा लिनका लागि बैंकका कर्मचारीलाई मिलाउनु पर्छ भनी रकमको बार्गेनिङ्ग गरी सेवाग्राहीलाई घुस दिन बाध्य पारी पारेको आयोगले जनाएको छ ।

उनले पटक पटक गरि रू,४०,०००लिइसकेको र बाँकी रकमको सम्बन्धमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी समेतको मिलेमतोमा गरेको पाइएको हो ।