८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

स्वराजकै अगाडि भारतविरुद्ध कडा शब्दहरु प्रहार, पाइलट फर्काइदिएकोमा पाकिस्तानी प्रधानमन्त्रीको प्रशंसा

स्वराजकै अगाडि भारतविरुद्ध कडा शब्दहरु प्रहार, पाइलट फर्काइदिएकोमा पाकिस्तानी प्रधानमन्त्रीको प्रशंसा
अ+ अ-

काठमाडौा । इस्लामिक राष्ट्रहरुको संगठन ओआईसीले जम्मु–कश्मिरमा भारतले आम नागरिकहरुमाथि बर्बरता उत्कर्षमा पुगेको निस्कर्ष निकालेको छ । ओआईसीका विदेशमन्त्रीहरुको यूएईमा सम्पन्न सम्मेलनले शनिबार जारी गरेको घोषणापत्रमा भारतविरुद्ध कडा शब्दहरु प्रयोग गरिएका छन् ।

उक्त सम्मेलनमा गेस्ट अफ अनरका रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि भाग लिएकी थिइन् । शुक्रबार सम्मेलनलाई सम्वोधन गर्दै उनले पाकिस्तानलाई आतंकवादको आश्रयस्थलका रुपमा चित्रित गरेकी थिइन् । तर, सम्मेलनको घोषणपत्रले भने पाकिस्तानको बचाउ गर्दै भारतको आलोचना गरेको छ ।

‘जम्मु कश्मिरमा सन् २०१६ देखि भारतीय बर्बरताले उग्र रुप लिएको छ,’ घोषणापत्रमा भनिएको छ, ‘त्यहाँ भारतीय आतंकवाद व्याप्त छ । नागरिकहरुलाई गैरकानूनीरुपमा थुनामा राख्ने र वेपत्ता पार्ने कम भइरहेको छ ।’

घोषणापत्रमा निर्दोष काश्मिरीहरुविरुद्ध भारतले जथाभावी बल प्रयोेग गरेको भन्दै निन्दा गरिएको छ । साथै भारतका पाइलट फर्काइदिएकोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रशंसा गरिएको छ ।

ओआईसीको यस्तो घोषणापत्रले पाकिस्तानलाई प्रशन्न बनाएको छ भने भारतलाई क्षुब्द । पाकिस्तानी विदेश मन्त्रालयले ओआईसीले पाकिस्तानको समर्थन गरेको भन्दै विज्ञप्ति निकालेको छ ।

भारतीय विदेश मन्त्रालयले यसमा प्रतिक्रिया दिँदै भनेको छ, ‘हाम्रो अडान स्थिर र चिरपरिचित छ । हामी जम्मु र कश्मिरलाई भारतको अभिन्न अंग मान्छौ र यो मुद्दा भारतको आन्तरिक विषय हो भन्ने हाम्रो ठहर छ ।’

शुक्रबारको सम्वोधनमा स्वराजले ओआईसीलाई विश्वव्यापी आतंकवादविरुद्धको लडाईमा सहकार्य गर्न आह्वान गरेकी थिइन् । १७ मिनेट लामो सम्वोधनमा उनले भनेकी थिइन्, ‘यदि हामी मानवताको रक्षा गर्न चाहन्छौं भने आतंकवादलाई आश्रय र पैसा दिइरहेका राष्ट्रहरुलाई तिनीहरुको भूमिमा रहेका आतंकवादी समुहका शिविरहरु ध्वस्त पार्न भन्नुपर्छ ।’

ओआईसीको सम्मेलनमा भारतलाई पहिलोचोटि निम्त्याइएको थियो । भारतीय विदेशमन्त्रीलाई सहभागी गराउने निर्णयमा असहमति जनाउँदै पाकिस्तानी विदेशमन्त्रलिे सम्मेलन अघोषित बहिष्कार गरेका थिए । भारतीय मिडियाहरुले यसलाई भारतको ठूलो कुटनीतिक जीतका रुपमा व्याख्या गरेका थिए । ओआईसीमा ५७ वटा इस्लामिक राष्ट्रहरु आवद्ध छन् । पाकिस्तान यसको संस्थापक सदस्य हो ।