१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

बसन्तपुरमा तीनखण्डे होलीचीर ठड्याइयो, होली पर्व र बसन्त ऋतु प्रारम्भ

बसन्तपुरमा तीनखण्डे होलीचीर ठड्याइयो, होली पर्व र बसन्त ऋतु प्रारम्भ
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको हनुमानढोकामा रहेको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ ।

बसन्तपुरमा बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा बसन्तपुरमा रहेको हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी तीनखण्डे होलीचीर ठड्याइएको हो ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ ।

चीर ठड्याएसँगै राजधानी लगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वलाई बसन्त ऋतुको आगमनको खुशीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ । अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको भएपनि यो पर्वमा कुनै रोकतोक छैन् ।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको ‘धालासिक्व मानन्धर सनाः गू खलः’ का सचिव मदनरत्न मानन्धरले जानकारी दिए ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । स्थानिय गोपि खड्कीका अनुसार होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रहिआएको बताए ।

काठमाडौँ लगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।