१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन
अ अ+ अ-

काठमाडौं । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरानी र खोजतलास हुन सकेको छैन । उल्टो यस्तो अवैध कार्यमा केही प्राध्यापककै संलग्नता समेत रहने गरेको विद्यार्थीको आरोप छ ।

स्रोतका अनुसार मुख्यतः विश्वविद्यालय नजिक भएका स्टेसनरीसँग प्राध्यापक, सम्बन्धित लेक्चरहरूको कनेक्सन हुने र रकमको आधारमा अंक चढ्ने गरेको पाइएको छ ।

रोल्पा थवाङ घर भएका नवीन बुढा हाल नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत छन् । उनले अनुसन्धानमूलक सामग्री पुस्तक पसलबाटै किने । ‘मलाई जसरी भए पनि रिसर्च बुझाउनुपर्नेछ । त्यही भएर विश्वभाषा क्याम्पसअगाडिको एक पुस्तक पसलबाट प्रतिपेपर ५० रुपैयाँका दरले ३ सय रुपैयाँमा किनें,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसको लिखित परीक्षा भर्खरै सकेका प्रविन ओझाले भने, ‘हतार हुन्छ । त्यही भएर भएको थेसिसलाई तोडमोड गरेर बुझाएँ ।’
विद्यार्थीहरूले उत्तीर्ण हुन थेसिसका लागि पाँचदेखि २० हजार रुपैयाँसम्म खर्च गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी नेता मदन चापागाईंका अनुसार थेसिस सिर्जनात्मक हुनुपर्छ भनेर पटक–पटक कुरा उठाए पनि लागू हुन सकेको छैन । उनले भने, ‘विश्वविद्यालयमा बुझाइने अधिकांश थेसिसको गुदी कुरा सबैको उही हुन्छ । नाम, थर र सिम्बोल नम्बर मात्रै परिवर्तन भएको देखिन्छ ।’

विद्यार्थीहरूलाई बिक्रेताहरूले उपलब्ध गराएको अनुसन्धानमूलक सामग्री जस्ताको तस्तै सम्बन्धित प्राध्यापकलाई पेस गर्न मिल्ने सुझाव दिन्छन् ।
स्नातकोत्तर तहमा गणित विषयको परीक्षा उत्तीर्ण गरेका नवीन बस्नेतले भने, ‘मलाई पुस्तक पसलको साहुजीले अनुसन्धानमूलक सामग्रीमा आफ्नो नाम, सिम्बोल नम्बर र क्याम्पस फेरेर जस्ताको तस्तै प्राध्यापकलाई बुझाउँदा हुन्छ भन्नुभयो । के गर्नु बुझाउनुपर्ने समय आइहाल्यो ।’

थेसिस र अनुसन्धानमूलक सामग्री चोरी हुँदा नियमित अध्ययन गर्ने र समयमा थेसिस बुझाउने विद्यार्थीहरू मारमा पर्ने गरेका छन् । सम्बन्धित विश्वविद्यालयले समेत थेसिस चोरीको विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन नसकेको देखिएको छ ।

‘एड्रेसिङ इरेगुलारिटिज एन्ड इम्प्रोभिङ दि क्वालिटी अफ डिग्री रिसर्च वक्र्स एट त्रिभुवन युनिभर्सिटी’ मा त्रिविमा गुणस्तरहीन थेसिसको उत्पादन बढ्नुमा विद्यार्थी, शोध निर्देशक र समग्र विश्वविद्यालयकै कमजोरी हुने गरेको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा थेसिस दोहोरिने विषयलाई स्विकार्छन् । उनले भने, ‘हामीले कतिपय थेसिस रिजेक्ट गरेर पुनर्लेखन गर्न पनि भनेका छौं । थेसिस चोरेको थाहा पाउने सफ्टवेयर एक वर्षभित्र बन्ने सम्भावना छ । त्यो भयो भने केही हदसम्म रोकिन्छ ।’ राजधानी दैनिकमा खबर छ ।