६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग

माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)
अ+ अ-

काठमाडौं । राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । 

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । 

गायक माण्डव्यले राष्ट्रिय झण्डाको महत्व बुझाउन सुरु गरेको अभियानलाई स्मरण गर्दै भने, “जसले जस्तो मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन् । यसले हाम्रो झण्डाको गरिमा र महत्वलाई घटाउँछ ।” झण्डा हाम्रो गौरव भएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए । 

रमेश सेन्चुरीले संगीत दिएको उक्त गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर रहेको छ । त्यस्तै सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियोभन्दा फरक तरिकाले भिडियो बनाएको बताए । भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उनको भनाइ छ । राष्ट्रिय झण्डाको जन्म आजभन्दा २५०० वर्ष अघि भएको बताउँदै उनले भने, “झण्डाको संरक्षण र महत्त्वको बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।” 

संचारकर्मी प्रेम बानियाले देशको झण्डा स्वाभिमानको प्रतिक हो त्यसमात्रै नभएर स्वाभिमनको बचाउ गर्न हामी आत्मनिर्भर रहनुपर्ने धारणा राख्नुभयो।