• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)



काठमाडौं । राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । 

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । 

गायक माण्डव्यले राष्ट्रिय झण्डाको महत्व बुझाउन सुरु गरेको अभियानलाई स्मरण गर्दै भने, “जसले जस्तो मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन् । यसले हाम्रो झण्डाको गरिमा र महत्वलाई घटाउँछ ।” झण्डा हाम्रो गौरव भएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए । 

रमेश सेन्चुरीले संगीत दिएको उक्त गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर रहेको छ । त्यस्तै सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियोभन्दा फरक तरिकाले भिडियो बनाएको बताए । भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उनको भनाइ छ । राष्ट्रिय झण्डाको जन्म आजभन्दा २५०० वर्ष अघि भएको बताउँदै उनले भने, “झण्डाको संरक्षण र महत्त्वको बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।” 

संचारकर्मी प्रेम बानियाले देशको झण्डा स्वाभिमानको प्रतिक हो त्यसमात्रै नभएर स्वाभिमनको बचाउ गर्न हामी आत्मनिर्भर रहनुपर्ने धारणा राख्नुभयो।