२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारी थकाइकै कारण मरे



अ+ अ-

काठमाडौं । अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७० पुगेको छ ।

विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका २७० भन्दा धेरै कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो ।

करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो ।

त्यसबाहेक १ हजार ८ सय ७८ जना बिरामी भएका छन् । आठ घण्टा लामो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएपनि सबै मत हातैले गन्नु पर्दा थकानले उनीहरुको ज्यान गएको बताइएको छ ।