२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारी थकाइकै कारण मरे



अ+ अ-

काठमाडौं । अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७० पुगेको छ ।

विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका २७० भन्दा धेरै कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो ।

करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो ।

त्यसबाहेक १ हजार ८ सय ७८ जना बिरामी भएका छन् । आठ घण्टा लामो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएपनि सबै मत हातैले गन्नु पर्दा थकानले उनीहरुको ज्यान गएको बताइएको छ ।