६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भियतनाम जाँदै



अ+ अ-

काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

‘आर्थिक पावर हाउस’का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्रा्ष्ट्रिय व्यापार फराकिलो बन्ने उनको भनाई छ । भियतनामी समकक्षी गुयेन युवान फुकको औपचारिक नियन्त्रणमा प्रधानमन्त्री ओली यही बैशाख २६देखि ३० गतेसम्म सो मुलुकको भ्रमण गर्दै हुनुहुन्छ । यस अघि २० अक्टोबर २०१५मा नेपाल-भियतनाम वीच सिधा हवाई उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।