१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका खुलाउन निर्माण काम तीव्र



अ+ अ-

बाह्रबिसे । तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए । उनका अनुसार कटानमा परेका राजमार्गखण्डमा मेसिनरी वाल (सिमेन्टको पर्खाल) उठाएर चौडा पारिनेछ । वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समेत समस्या देखिएको कोठे, महभिरलगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गरिने उनले बताए ।

जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गर्न लागेको सडक कार्यालयले जनाएको छ । पहिरो नियन्त्रणसँगै राजमार्गका बिग्रिएका १२ किलोमिटर खण्डमा कालोपत्रेसमेत गरिने डिभिजन प्रमुख झा बताउँछन् । करिब ३४ करोड रुपैयाँमा ठेक्का दिइएको उनले जानकारी दिए। ‘निर्धा्रित समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिइएको छ’, झाले भने, ‘समयमा सक्नुका साथै गुणस्तरमा पनि कुनै सम्झौता नहोस् भनेर नियमित अनुगमन गरिरहेका छौं ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर प्रकाशित छ ।