१४ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली ठग बैंककमा पक्राउ, नेपाल नपठाऊ आग्रह



अ+ अ-

काठमाडौं । करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन्। थाई प्रहरीको नियन्त्रणमा रहेका गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र पठाएर बैंककमै राखिदिन आग्रह गरेका हुन्।

गुरुङको पत्र दूतावासले वैशाख १० मा काठमाडौंस्थित कन्सुलर विभागमा पठाएको थियो। कन्सुलरबाट परराष्ट्र मन्त्रालय हुँदै उक्त पत्र गृह मन्त्रालय पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा मात्रै उनीविरुद्ध ३० वटाभन्दा बढी उजुरी छन् भने अन्य पीडित सम्पर्कमा आइरहेका छन्। ब्युरोका एक अधिकारीका अनुसार पर्शुरामले ठगेको रकम २० करोडभन्दा माथि पुग्ने देखिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




भर्खरै