१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेल सिटौला निवासमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरका नेता रामचन्द्र पौडेलले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासमक्ष पार्टीमा नेतृत्व परिवर्तनको प्रस्ताव गर्नुभएको छ । संस्थापन इतरबाट पार्टी सभापतिको साझा उम्मेदवार तय गर्न उहाँले आज सिटौलाको निवास विशालनगरमा पुगेर त्यस्तो प्रस्ताव गर्नुभएको बताइएको छ ।

आज बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहको भेलाबाट निस्किएर पौडेल सिटौला निवास पुग्नुभएको थियो । दुई नेताबीच भएको छोटो भेटमा सिटौलाले नेतृत्व परिवर्तनबारे छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावको कुनै जवाफ नदिएको बताइएको छ । 

पार्टीको १४ औँ महाधिवेशनका सिलसिलामा प्रदेश र जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।