३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ।

प्रधानमन्त्री सचिवालयले पूर्वसमन्वयविना साना निजी सवारी साधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र ट्राफिक जाम सिर्जना भएको जनाएको छ।

सवारी चापका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न कठिनाइ हुनुका साथै नेपाल सरकारका मुख्य उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसमेत समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको सचिवालयले जनाएको छ।

विषम अवस्था र जोखिमयुक्त भूगोलमा पूर्वतयारीबिना पुग्दा राहत तथा उद्धारमा खटिएका व्यक्तिहरू स्वयंको सुरक्षामा समेत जोखिम बढेको सचिवालयको भनाइ छ।

सचिवालयले राहत तथा उद्धार कार्यलाई थप भद्रगोल र जोखिमयुक्त हुन नदिन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने कार्य रोक्न आग्रह गरेको छ। सहयोग गर्न चाहने नागरिक, स्वयंसेवी संस्था तथा सरोकारवालाले अनिवार्य रूपमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) मा सम्पर्क गरी पूर्वसमन्वय गरेर मात्र राहत सामग्री हस्तान्तरण वा परिचालन गर्न अनुरोध गरिएको छ।

सम्बन्धित सीडीओ कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा प्राप्त राहत सामग्रीलाई सोझै प्रभावित स्थानमा पुर्‍याउने एकीकृत व्यवस्था मिलाउने सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सचिवालयले विपद्को कठिन घडीमा पीडितलाई सहयोग गर्ने नागरिक तथा सामाजिक संस्थाहरूको भावना र तत्परता सराहनीय रहेको उल्लेख गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्‍याउन सबैमा अपिल गरेको छ।