१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेल सिटौला निवासमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरका नेता रामचन्द्र पौडेलले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासमक्ष पार्टीमा नेतृत्व परिवर्तनको प्रस्ताव गर्नुभएको छ । संस्थापन इतरबाट पार्टी सभापतिको साझा उम्मेदवार तय गर्न उहाँले आज सिटौलाको निवास विशालनगरमा पुगेर त्यस्तो प्रस्ताव गर्नुभएको बताइएको छ ।

आज बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहको भेलाबाट निस्किएर पौडेल सिटौला निवास पुग्नुभएको थियो । दुई नेताबीच भएको छोटो भेटमा सिटौलाले नेतृत्व परिवर्तनबारे छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावको कुनै जवाफ नदिएको बताइएको छ । 

पार्टीको १४ औँ महाधिवेशनका सिलसिलामा प्रदेश र जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।