१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

दाइजो नपाउने भएपछि राति १ बजे बेहुला मण्डपबाटै हिडे

दाइजो नपाउने भएपछि राति १ बजे बेहुला मण्डपबाटै हिडे
अ अ+ अ-

काठमाडौं । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन्। विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजो बापत मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए।

जेठ ३ गते दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए।मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा–४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो।

स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै दाइजो मागेका थिए।बेहुली पक्षले आर्थिक अवस्था न्यून भएकाले माग भए बमोजिमको दाइजोको सामग्री दिन नसक्ने बताएपछि राजवंशी बेहुली छोडेर राति १ बजे हिँडेका थिए।

बेहुलासँगै जन्ती पनि बिहे घरबाट हिँडेपछि बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए। स्थानीय बासिन्दाले पनि दाइजोको निहुँमा बेहुली अस्वीकार गरेर युवतीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै राजवंशीमाथि कारवाहीको माग गरेका छन्।महिला अधिकारकर्मी सञ्जु साहले दाइजो लिन र दिन नहुने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको बताइन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।