१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

यस्ता छन् भारतमा कंग्रेस पराजय हुनुका मुख्य कारण

यस्ता छन् भारतमा कंग्रेस पराजय हुनुका मुख्य कारण
अ अ+ अ-

काठमाडौं । भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ ।

सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ । कंग्रेसको पराजयमा पार्टी नेतृत्व मुख्य जिम्मेवार रहेको विज्ञहरू बताउँछन् । यसबाहेक भाजपाको कुशल संगठन, मोदीको राष्ट्रवाद, चुनावी रणनीति, आक्रामक चुनावी अभियान कंग्रेस पराजयका कारण हुन् ।

सन् २०१४ को आमनिर्वाचनमा विफल भएपछि राहुलले आफ्नो पार्टीलाई शक्तिशाली बनाउन जुन प्रयत्न गर्नुपथ्र्यो, त्यो गर्न नसकेको देखिन्छ । त्यसो त राहुलले आफूलाई परिवर्तन नगरेका होइनन् । यसअघि नयाँदिल्लीस्थित एक आवासमा उच्च वर्गका मानिससँगको हिमचिम बढाउने, मोदीलाई टक्कर दिन देशलाई जिम्मेवार विपक्षी नेता आवश्यक परेको समयमा बिदामा विदेशमा रमाउने आरोप खेपेका राहुलले धरातलीय राजनीतिमा आउन निकै प्रयास गरेका थिए, तर उनको प्रयास सफल हुन सकेन ।

नकारात्मक राजनीतिमा रमायो कंग्रेस

कंग्रेस सुरुदेखि नै नकारात्मक राजनीतिमा रमायो । आफ्नो नेतृत्वमा कंग्रेसले मोदीलाई एउटा ‘अयोग्य चौकीदार’को रूपमा चित्रित गर्न खोज्यो । हरेक भाषणमा राहुलले ‘चौकीदार चोर हो’ भन्दै मोदीले ठूला व्यापारी र उद्योगपतिको मुकुन्डो लगाएर सामान्य मानिसको जीवनस्तर सुधार्ने पूर्ववत् प्रतिबद्धता पूरा गर्न विफल भएको आरोप लगाए । तर, चलाख मोदीले मेंभी चौकीदार अर्थात् ‘म पनि चौकीदार हुँ’ भन्ने अभियान सुरु गरे, जुन अभियान यति प्रभावकारी बन्यो कि अहिले आधाभन्दा बढी भारतीयको ओठमा यो नारा गुन्जिन्छ ।

सन् २०१४ को आमनिर्वाचनमा विफल भएपछि राहुलले आफ्नो पार्टीलाई शक्तिशाली बनाउन जुन प्रयत्न गर्नुपथ्र्यो, त्यो गर्न नसकेको देखिन्छ । त्यसो त राहुलले आफूलाई परिवर्तन नगरेका होइनन् । यसअघि नयाँदिल्लीस्थित एक आवासमा उच्च वर्गका मानिससँगको हिमचिम बढाउने, मोदीलाई टक्कर दिन देशलाई जिम्मेवार विपक्षी नेता आवश्यक परेको समयमा बिदामा विदेशमा रमाउने आरोप खेपेका राहुलले धरातलीय राजनीतिमा आउन निकै प्रयास गरेका थिए, तर उनको प्रयास सफल हुन सकेन ।

तल्लो तहका जनतासँग पुगेन

कंग्रेसले मोदीलाई व्यक्तिगत रूपमा भ्रष्ट नेता बताउँदै आएको थियो । गत वर्ष फ्रान्ससँग ३६ वटा लडाकु विमान खरिदमा सरकारले करोडौं भ्रष्टाचार गरेको प्रमुख विपक्षी दललगायत भारतीय सञ्चार माध्यमले आरोप लगाए । चुनावको पूर्वसन्ध्यामा भएको यस राफेल काण्डबारे कंग्रेसले तल्लो तहका जनतालाई बुझाउन सकेन । पार्टी केबल प्रधानमन्त्री मोदी र मन्त्रीको आलोचनामा नै केन्द्रित रह्यो । सो काण्डबारे भारतीय किसान, तल्लो आय भएका भारतीय जनता र मजदुरले अज्ञानता प्रकट गरे, जसले निर्वाचनलाई खासै असर पारेन ।

जनताले पत्याएनन् कंग्रेसको आश्वासन

निर्वाचन अभियानमा कंग्रेसले आफ्नो पार्टीले चुनाव जितेमा गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारलाई मासिक ८० डलर दिने घोषणा गर्‍यो, तर यो चुनावी रणनीतिले ग्रामीण समुदायका मतदातालाई खासै आकर्षित गर्न सकेन । बरु भाजपाको योजना चोरेको कंग्रेसमाथि आरोप लाग्यो । विज्ञहरूका अनुसार कंग्रेसले अति गरिब मानिसका लागि प्रस्ताव गरेको रकम अवैज्ञानिक र अव्यावहारिक थियो ।

गठबन्धन गर्न सकेन

विज्ञहरूका अनुसार निर्वाचनमा कंग्रेसको पराजय र भाजपाको विजय हुनुको मुख्य कारण प्रमुख राष्ट्रिय तथा क्षेत्रीय दलसँगको गठबन्धनको अभाव पनि हो । सात सिट रहेको दिल्लीमा कंग्रेसले आमआद्मीसँग चुनावी गठबन्धनको प्रयास गरेको थियो । तर, सिट बाँडफाँडमा तालमेल हुन सकेन, जसको फाइदा भाजपाले उठायो । आमआद्मीसँग एकजुट भएर भाजपाविरुद्ध निर्वाचनमा प्रतिस्पर्धा गर्न राहुल र आमआद्मीका संयोजक केजरिवाल दुवै असफल भए, तथापि दुवै नेता मोदीका कट्टर आलोचक हुन् । कंग्रेसले निर्वाचनमा रणनीतिक महत्व राख्ने उत्तर प्रदेशको समाजवादी पार्टी र बहुजन समाज पार्टीसँग गठबन्धन गर्न अस्वीकार गर्‍यो, जसको पश्चात्ताप अहिले पराजयपछि परेको छ । उत्तर प्रदेशका राजनीतिक खेलाडी अखिलेश यादवको समाजवादी पार्टी र मायावतीको बहुजन समाजले अर्को स्थानीय पार्टी राष्ट्रिय लोकदलसँग महागठबन्धन गरेका थिए । मोदीको चुनावी अभियानलाई टक्कर दिन युपीमा सोही गठबन्धन एक मात्र विकल्प बनेको थियो । चुनावी अभियानका क्रममा भाजपा अध्यक्ष अमित साहले शिवसेना, नितीशकुमार र अपना दलसँग शृंखलाबद्ध बैठक सञ्चालन गरेर केही क्षेत्रमा तालमेलको प्रयास गरेका थिए ।

पश्चिम बंगालमा भाजपाको रणनीति

भाजपालाई पश्चिम बंगालमा काउन्टर दिन कंग्रेस आफैं शक्तिशाली होइन । पश्चिम बंगालमा भाजपाको मुख्य प्रतिस्पर्धी ममता बेनर्जी नेतृत्वको त्रिणमूल कंग्रेस (टिएमसी) थियो । यस राज्यमा भाजपाले केबल एउटा विषयमा प्रचार अभियान थाल्यो– बंगलादेशी आप्रवासीको खतरा । गैरकानुनी रूपमा बंगलादेशबाट पश्चिम बंगालमा आप्रवासीको घुसपैठ हुनुमा बेनर्जीको मुख्य हात रहेको भाजपाले आरोप लगायो । विज्ञहरूका अनुसार पश्चिम बंगालमा रहेका अल्पसंख्यक मुसलमानलाई खुसी पार्न भाजपाले सो रणनीति चलाएको थियो । निर्वाचन अभियानका क्रममा भाजपा र त्रिणमूल कंग्रेसका कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो, जसका कारण निर्वाचन आयोगले एक दिनअघि नै प्रचार अभियान स्थगित गरेको थियो, जसको फाइदा भाजपालाई पुग्यो । भाजपाले पश्चिम बंगालमा जस्तै असाममा पनि आप्रवासीविरोधी अभियान चलाएको थियो ।

सात सिट रहेको दिल्लीमा कंग्रेसले आमआद्मीसँग चुनावी गठबन्धनको प्रयास गरेको थियो । तर, सिट बाँडफाँडमा तालमेल हुन सकेन, जसको फाइदा भाजपाले उठायो।

मतदाताको मुड बुझेन कंग्रेसले

चुनावमा प्रचार अभियानले महत्वपूर्ण भूमिका खेल्छ । कंग्रेस पदाधिकारीले पार्टी आन्तरिक रूपमा विफल भएको भन्दै उच्च नेतृत्वको आलोचना गरिरहेका वेला चुनावी अभियान सुरु भएको थियो । कंग्रेसका लागि चुनावको समय नै अनुकूल थिएन । राष्ट्रपति शैलीको चुनावी प्रचारमा जुटेका मोदीको अभियानबाट मन्त्रमुग्ध भएका सडकका मतदाताको मुड चिन्न नसक्दा कंग्रेसले दोस्रोपटक पराजय चाखेको विज्ञहरू बताउँछन् ।

मोदीको राष्ट्रवादी नारासामु कंग्रेस फितलो

भाजपा निर्वाचनमा पुनः विजयी हुनुमा सो पार्टीको अति राष्ट्रवादी नारा र पाकिस्तानविरुद्धको आक्रमणले पनि सहयोग गरेको देखिन्छ । निर्वाचनको पूर्वसन्ध्यामा मोदी नेतृत्वको सरकारले पाकिस्तानविरुद्ध हवाई हमला गरेको थियो, जुन चुनावी रणनीति मात्र थियो । अतिवादीलाई निर्मूल पार्ने हौवा चलाएर मोदीले जम्मु कस्मिरलगायत केही अशान्त राज्यको ‘सेन्टिमेन्ट’ बटुल्न खोजेका थिए, उनी सफल पनि भए । मोदीले राष्ट्रवादी नारा घन्काइरहँदा कंग्रेसलगायत प्रमुख विपक्षीले जनताको मुख्य चासो सुन्नुको सट्टा मोदीको सर्जिकल आक्रमणलाई काउन्टर दिन बढी समय खर्चे, जसको परिणाम प्रत्युत्पादक बन्यो । तथापि मोदीलाई राष्ट्रवादभन्दा उनको असल कामले पुनः दोस्रोपटक सत्तामा पुर्‍याएको उनका समर्थक बताउँछन् ।

वंश राजनीतिप्रति मोहभंग

निर्वाचनको पूर्वसन्ध्यामा राहुलकी बहिनी प्रियंका गान्धी राजनीतिमा होमिने घोषणा गरिन् । राहुलले प्रियंकालाई पार्टी महासचिवमा नियुक्त गरे । नेहरू वंशकी पछिल्ली पुस्ता प्रियंकाको पार्टी प्रवेशले कंग्रेसलाई राहत दिने धेरै अपेक्षा थियो, तर परिणाम सुखद नरहेको निर्वाचन नतिजाले देखाएको छ । परिवारवादमा कंग्रेस चलेको आरोप खेपिरहेका वेला प्रियंकाको पार्टी प्रवेशले कंग्रेस कार्यकर्तामा चरम असन्तुष्टि बढेको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।