१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

बलिवुड सेलिब्रेटीको चुनाव : कसले हारे र कसले जिते

बलिवुड सेलिब्रेटीको चुनाव : कसले हारे र कसले जिते
अ अ+ अ-

मुम्बई । भारतको राजनीतिमा बलिवुड सेलिब्रेटीको पनि निकै चर्चा हुने गर्दछ । कैयौ सेलिब्रेटीले आफ्नो राजनीतिक यात्रा निर्वाचनका बेलामा शुरु गर्ने गर्दछन । यसै बीच हालै भारतमा सम्पन्न निर्वाचनमा कुन बलिवुड सेलिब्रेटीले जिते या हारे भन्ने विषयमा चर्चा गर्दै छौ ।

एक समयकि चर्चित अभिनेत्री हेमा मालिनीले बिजेपीबाट उत्तर प्रदेशको मथुरा क्षेत्रबाट २ लाख ९० हजार भन्दा बढी मत ल्याएर विजयी भएकी छन् । उनी यस अघि पनि सोहि क्षेत्रबाट निर्वाचित सांसद थिइन् ।

त्यस्तै बलिवुड अभिनेता सन्नी देओलले पनि आफ्नो राजनीतिक यात्राको सुखद शुरुवात गरेका छन् । देओलले पंजावको गुरुदासपुरबाट ८२ हजार मत बढी ल्याएर जित हासिल गरेका छन् ।

त्यस्तै भोजपुरी फिल्मका अभिनेता मनोज तिवारीले दिल्लीबाट अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले काँग्रेसकी शसक्त उम्मेदवार र तीन पटक दिल्लीकि मुख्यमन्त्री रहेकी शीला दिक्षितलाई पराजित गरेका छन् ।

त्यस्तै भोजपुरी फिल्मका अभिनेता रवी किशनले पनि उत्तर प्रदेशको गोरखपुरबाट जित हासिल गरेका छन् । भोजपुरी फिल्मकै अर्का चर्चित अभिनेता निरुह्वा भने समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग फराकिलो मत अन्तरले पराजित भएका छन् ।

त्यस्तै बंगला फिल्मकी अभिनेत्री तथा टेलिभिजन कलाकार मिमि चक्रवर्तीले तृणमूल कांग्रेसबाट २ लाख ९५ हजार मत बढी ल्याएर विजयी भएकी छन् ।

त्यस्तै अभिनेत्री लाकेट चटर्जीले भाजपाबाट उम्मेदवार बन्दै पश्चिम बङ्गालको हुगलीबाट ७२ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

बलिवुड अभिनेत्री किरण खेरले बिजेपीबाट उम्मेदवार बन्दै दोस्रो पटक लोक सभा निर्वाचनमा चण्डीगढबाट ४६ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

बंगला फिल्मकी अभिनेत्री नुसरत जँहाले पश्चिम बङ्गालको बशीरहाट क्षेत्रबाट तृणमूल कांग्रेसबाट उम्मेदवार बन्दै ३ लाख ३६ हाजर मत अन्तरले जित हासिल गरेकी छन् ।

त्यस्तै गायक बाबुल सुप्रियोले अभिनेत्री मुनमुन सेनलाई पराजित गर्दै बिजेपीबाट चुनाव जितेका छन् ।

यस निर्वाचनमा बिजेपी छोडेर काँग्रेसबाट उम्मेदवार बनेका अभिनेता शत्रुघन सिन्हा भने भरि मत अन्तरले पराजित भएका छन् । सिन्हा बिजेपीका रवी शंकर प्रसादसँग पराजित भएका हुन् । त्यस्तै सिन्हाकी पत्नी पनि लखनउबाट फराकिलो अन्तरले पराजित भएकी छन् ।

त्यस्तै मोदीका कट्टर विरोधीका रुपमा चिनिएका फिल्म अभिनेता प्रकाशराज बंग्लुरु सेन्ट्रलबाट ५ लाख ७३ हजार मत अन्तरले पराजित भएका छन् ।

त्यस्तै काँग्रेसबाट उम्मेदवार बनेकी अभिनेत्री उर्मिला मातोड़कर पनि पराजित भएकी छन् भने काँग्रेसबाटै उम्मेदवार बनेका अर्का अभिनेता राज बब्बर पनि फराकिलो मत अन्तरले पराजित भएका छन् ।