२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालभेर्डेलाई प्रशिक्षकवाट बर्खास्त गर्ने बार्सिलोनाको तयारी



अ+ अ-

काठमाडौं। स्पेनिस महारथी क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गर्ने तयारी गरेको छ । स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो ।

स्पेनिस संचारमाध्यमको अनुसार बुधबार बार्सिलोनाको बोर्ड बैठक बस्दैछ । सो बैठकको एक एजेन्डा भाल्भर्डेलाई जिम्मेवारीमुक्त गर्ने कि निरन्तरता दिने भन्ने पनि हुनेछ ।

दुइ वर्ष क्लबको प्रशिक्षकका रुपमा बिताएका भालभेर्डेलै अघिल्लो सातामात्र क्लबका अध्यक्ष जोसे मारिया बार्टोमेउले साथ नछाड्ने बताएका थिए । तर क्लब बैठकमा उनको प्रशिक्षण शैलीमा प्रशन्त उठेपछि उनको उत्तराधिकारीको खोजि सुरु भइसकेको जनाइएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा ४-० ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केहि दिन अघिमात्र भ्यालेन्सियासंग कोपा डेल रेको फाइनलमा पराजित भएपछि क्लबले उनीसँग अलग्गिने मनसाय बुनेको बुझिएको छ ।