२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्रामसहित रोल्पा गङ्गादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुपप्र०१-००१ ख ३६८४ नम्बरको बसमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय श्यामलाल ताजपुरियालाई प्रहरीले आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रासस