६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालभेर्डेलाई प्रशिक्षकवाट बर्खास्त गर्ने बार्सिलोनाको तयारी



अ+ अ-

काठमाडौं। स्पेनिस महारथी क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गर्ने तयारी गरेको छ । स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएपछि क्लबले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो ।

स्पेनिस संचारमाध्यमको अनुसार बुधबार बार्सिलोनाको बोर्ड बैठक बस्दैछ । सो बैठकको एक एजेन्डा भाल्भर्डेलाई जिम्मेवारीमुक्त गर्ने कि निरन्तरता दिने भन्ने पनि हुनेछ ।

दुइ वर्ष क्लबको प्रशिक्षकका रुपमा बिताएका भालभेर्डेलै अघिल्लो सातामात्र क्लबका अध्यक्ष जोसे मारिया बार्टोमेउले साथ नछाड्ने बताएका थिए । तर क्लब बैठकमा उनको प्रशिक्षण शैलीमा प्रशन्त उठेपछि उनको उत्तराधिकारीको खोजि सुरु भइसकेको जनाइएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा ४-० ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केहि दिन अघिमात्र भ्यालेन्सियासंग कोपा डेल रेको फाइनलमा पराजित भएपछि क्लबले उनीसँग अलग्गिने मनसाय बुनेको बुझिएको छ ।