६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको लजास्पद ब्याटिङ, चार विकेट सस्तैमा गुमायो



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पाकिस्तानले खराब प्रदर्शन गरेको छ ।

ट्रेन्ट ब्रिजमा सुरु भएको खेलामा पाकिस्तानले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । पाकिस्तानले ब्याटिङ गर्ने क्रममा ७० रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाइसकेको छ ।

पाकिस्तानले फखर जमान २२ रन, इमामउल हक २ रन, हरिस सोहेल ८ रन र बाबर आजम २२ रन बनाएर आउट भए ।

फखर र हरिसलाई आन्द्रे रसेलले पवेलियन फर्काए । यस्तै, इमामलाई सेल्ड्रोन केट्रोलले र बाबरलाई ओसेन थोमसले आउट गर्न सफल भए । पाकिस्तानले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ४ विकेट गुमाएर ७५ रन मात्र बनाएको छ ।


पाकिस्तान प्लेइङ इलाभेन

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।

वेष्ट इन्डिज प्लेइङ इलाभेन

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।