१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लजास्पद ब्याटिङ, १०५ मा अलआउट



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गरेको पाकिस्तानले १०५ रनमा नै सबै विकेट गुमाएको छ । वेस्ट इन्डिजको बलिङसामु कमजोर देखिएको पाकिस्तान २१.४ ओभरमा नै अलआउट भएको हो ।

टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो । ओपनर इमाम उल हक दुई रन बनाउँदा आउट भएदेखि नै पाकिस्तानी टीम सम्हालिन सकेन ।

७० रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाएको पाकिस्तानले फखर जमान २२ रन, इमामउल हक २ रन, हरिस सोहेल ८ रन र बाबर आजम २२ रन बनाएर आउट भए ।

फखर र हरिसलाई आन्द्रे रसेलले पवेलियन फर्काए । यस्तै, इमामलाई सेल्ड्रोन केट्रोलले र बाबरलाई ओसेन थोमसले आउट गर्न सफल भए ।

वेस्ट इन्डिजका ज्यासन होल्डरले ३, ओशेन थोमसले ४, एन्ड्रे रसेलले २ साथै सेल्डन कोटरेलले १ विकेट लिए ।

केहीबेरमा १०६ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजको ब्याटिङ सुरु हुनेछ ।

पाकिस्तान प्लेइङ इलाभेन

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।

वेष्ट इन्डिज प्लेइङ इलाभेन

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।