६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते



अ+ अ-

नुवाकोट । गल्छी–त्रिशूली सडकखण्डको केउरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

गल्छीबाट देवीघाटतर्फ जाने क्रममा बा ६४प ३०९९ नम्बरको मोटरसाइकल दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर नुवाकोटका तादी गाउँपालिका– ५ नर्जामण्डपका २७ वर्षीय रामचन्द्र रिजाल र २५ वर्षीय जनक रिजाल गम्भीर घाइते भएका थिए।

उपचारको क्रममा रामचन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइते जनक रिजालको ट्रमा सेन्टरमा उपचार भइरहेको नुवाकोट प्रहरीले जानकारी दिएको छ।