१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते



अ+ अ-

नुवाकोट । गल्छी–त्रिशूली सडकखण्डको केउरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

गल्छीबाट देवीघाटतर्फ जाने क्रममा बा ६४प ३०९९ नम्बरको मोटरसाइकल दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर नुवाकोटका तादी गाउँपालिका– ५ नर्जामण्डपका २७ वर्षीय रामचन्द्र रिजाल र २५ वर्षीय जनक रिजाल गम्भीर घाइते भएका थिए।

उपचारको क्रममा रामचन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइते जनक रिजालको ट्रमा सेन्टरमा उपचार भइरहेको नुवाकोट प्रहरीले जानकारी दिएको छ।




भर्खरै