६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौ पटक च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई, टोटनहृयाम पराजित



अ+ अ-

काठमाडौं । लिभरपुलले छैटौ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २–० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।

निर्धारित समयसम्म टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुलले खेल २–० गोलअन्तरले जितेको हो ।