१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.महतको आग्रह– विधिको शासनका लागि विदेशबाटै आवाज उठाउनु



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा यतिबेला विधिको शासन र कानुनी राजको उल्लंघन भएकोले यसका विरुद्धमा विदेशी भूमिबाटै आवाज उठाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघ जापानद्वारा उनको सम्मानमा आज जापानमा आयोजित एक कार्यक्रममा डा.महतले भने– यतिखेर नेपालमा कम्युनिष्ट सरकार छ, विधिको शासन र कानुनी राज्यमाथि धावा बोलिएको अवस्था छ, त्यसैले तपाईँहरुले आ–आफ्नो स्थानबाट कानुनी राज्यका लागि विदेशी आवाज उठाउनु पर्नेछ ।
देशमा कम्युनिष्ट सरकारले हल प्रजातान्त्रिक संरचना र संस्थाहरुलाई खल्बलाउने, प्रेस तथा अदालतजस्ता नागरिकका आश्थाका धरोहरहरुलाई राजनीतिक छायाँमा राख्न खोज्ने र कर्मचारीतन्त्रलाई दुई तिहाई बहुमतको सरकारको धम्की दिएर अनावश्यक नियन्त्रण गर्न खोज्ने प्रवृत्ति बढेको आरोप उनले लगाए ।
सरकारले वैदेशिक लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न नसकेको डा.महतले बताए । उनले भने– निर्वाचनताका कम्युनिष्टहरुले नेपालमा स्वदेशी र विदेशी लगानीको बाढी नै ल्याइदिनेजस्तो गरी भाषण दिएका थिए, तर गत वर्षको तुलनामा यसवर्षको वैदेशिक लगानीको ह्रासोन्मुख अवस्था हेर्दा त्यो सबै हावादारी गफमा परिणत भइसकेको छ ।
उनले नेपालमा लगानी गर्न र आफ्नो मातृभूमिका लागि काम गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रह पनि गरे ।


उनले भने– सबै नेपालीले अहिले आफू कहाँ छु भनेर हेर्नुभन्दा अघि मलाई यहाँसम्म ल्याउने मेरै मातृभूमि हो भन्ने यथार्थ भुल्नुहुदैन र सबैभन्दा पहिला आफ्नै मातृभूमिको लागि काम गर्नुपर्छ ।
कार्यक्रममा डा.महतले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा विशेष भुमिका खेल्न अनुरोध गरे । संसारमा रहेका नेपालीहरुले एक पटक आफ्नो मातृभूमिलाई माया गरेर लगानी गरे भने उनीहरुको ज्ञान र सीपले नेपालको आर्थिक अवस्था धेरै माथि उठ्ने छ ।
उनले भने– देशलाई यतिखेर संसारमा रहेका नेपालीहरुको ज्ञान, सीप र उनीहरुका अनुभवहरुको खाँचो छ, तपाईँहरु स्वदेशमा नै पुगेर हुन्छ कि अहिलेको कर्मभूमिबाटै गर्न सकिन्छ त्यसमा विचार गर्नुपर्यो, तपाईँहरुको उर्जा र ज्ञान देशकैलागि खर्च गर्नुपर्यो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतको उपस्तिथि थियो । उनीहरुले नेपालमा लगानीका लागि उचित वातावरण बनाउन आग्रह गरेका थिए ।