१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलभित्रको विकृति अन्त्य हुनुपर्ने



अ+ अ-

काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन शान्त, सभ्य र व्यवस्थित ठमेल निर्माण गर्नुपर्ने बताउनुभयो ।

“व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसीटिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुन्छ”, उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभयो । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय प्रशासनको पूर्ण साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले व्यवसायीको सम्पूर्ण विवरण प्रहरी र स्थानीय तहलाई दिएमात्र आफ्नो व्यवसायको सुरक्षा हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले समृद्ध ठमेल निर्माणका लागि व्यवसाय, प्रहरी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताउनुभयो । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले प्रहरी र स्थानीय सरकारले मात्र ठमेललाई शान्त बनाउन नसक्ने बताउँदै प्रत्येक व्यवसायीको सोच र विचारमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।