१८ भाद्र २०८३, बिहीबार
,
Latest
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्तिजन्य पदार्थ नियन्त्रणमा योगदान दिएकोमा सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत



अ+ अ-

काठमाडौं । जनचेतनामूलक चित्र राख्न नमान्ने सूर्य टोबाको प्रालिलाई अदालतमा उभ्याउने सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत भएका छन्। सरकारको नीतिअनुसारको आदेश पालना नगर्ने सूर्य टोबाकोलाई कानुनी दायरामा ल्याएको भन्दै सुवेदीलाई सरकारले पुरस्कृत गरेको हो ।

सुवेदीले काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख रहँदा सूर्य टोबाकोमा छापा मारेर कारबाही थालेका थिए। स्वास्थ्य मन्त्रालयले सहसचिव सुवेदीले सूर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त सन्देश राख्न योगदान गरेबापत पुरस्कृत गरेको हो।

उनलाई स्वास्थ्यमन्त्री ब्लुमवर्ग पुरस्कार प्रदान गरिएको छ। उनकै कार्यकालमा काठमाडौंमा जथाभावी धूमपानमा रोक लगाउनुका साथै यसको बिक्रीवितरणमा समेत कडाइ गरिएको थियो। सुदीलाई दोसल्ला ओढाएर ५० नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो।