६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने पक्राउ



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ मा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिन खोज्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने ४० वर्षीय बाबु कृष्ण रोक्का रहेका छन् ।

रोक्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.६७ प १३३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रोक्काले मादक पदार्थ सेवन गरेको पाइएपछि कारवाहीबाट बच्न प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै रोक्कालाई नियन्त्रणमा लिने क्रममा उनका साथी बा.९५ प ६४१२ नम्बरको स्कुटर चालक सोही स्थान बस्ने २६ वर्षीय सुमन थापाले प्रहरीमाथि अभद्र ब्यवहार गरेकोले थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनले समेत मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।