१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु



अ+ अ-

जेनेभा । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताउनुभएको छ ।

विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गर्नुभएको छ ।

“वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान दिइरहेको छ । यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ,” बोइडले भन्नुभयो ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले सार्वजनिक गर्नुभएको वक्तव्यमा भनिएको छ, “चीन समेतका धेरै मुलुकमा व्यापक रुपमा वायु प्रदूषण न्यून गरिएका सफलताका काथाहरु छन् । यी उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टी भइसकेको छ ।”

बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गर्नुभयो । मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् ।

स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाईप्रतिको अधिकार उल्लङ्घन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन पनि हो, बोइडले भन्नुभयो ।