१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री एयरलाइन्सको जहाजबाट नेपालगञ्ज पुगिन् राष्ट्रपति



अ+ अ-
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्री एयरलाइन्सको जहाजबाट नेपालगञ्ज पुगेकी छिन् ।

मंगलबार राष्ट्रपति १२ः३० बजेको फ्लाइटबाट नेपालगञ्ज आइपुगेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।

‘राष्ट्रपतिज्यु श्री एअरलाइन्सको विमान चढेर नेपालगञ्ज आउनुभएको हो,’ उनले भने, ‘उहाँले भोलि बुधबार वन तथा वातावरण मन्त्रालयले गर्ने जलवायुसम्बन्धी गोष्ठीको उद्घाटन गर्नुहुनेछ।’

सम्मेलनमा देशका विभिन्न महानगर, उपमहानगर, नगर, गाउँका जनप्रतिनिधि सहभागी हुनेछन्।

प्रजिअ भुजेलका अनुसार राष्ट्रपति आज साँझ मुश्लिम धर्मावलम्बीहरूको चाड इदमा पनि सहभागी हुने कार्यक्रम छ।

यस्तै बाँकेको प्रभात माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई पनि राष्ट्रपति भण्डारीले बुधबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ। नेपालगञ्ज पुगेकी राष्ट्रपति सोल्टी होटलमा बसेकी छन्।

उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ।