६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाइनिज ताइपेसँग खेल्ने नेपाली टिमको प्लेइङ इलाभेन सार्वजनिक



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग खेल्ने नेपाली फुटबल टिमको प्लेइङ इलाभेन सार्वजनिक भएको छ ।

नेपालले केही बेरमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ ।

यता आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

फिफा वरियतामा चाइनिज ताइपे नेपालभन्दा निकै माथि छ । चाइनिज ताइपे १२५ औं र नेपाल १६१ औं स्थानमा छन् ।

यसअघि नेपालले मलेसियासँग उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित भएको थियो ।

स्वीडेनका योहान कालिनले नेपाली टिम सम्हालेपछि यो उनको चौथो खेल हो । उनकै प्रशिक्षणमा नेपालले यसअघि कुवेतसँग प्रतिस्पर्धा गरेको थियो ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान)

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रवि पासवान

फरवार्ड : अभिषेक रिजाल ।