२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाइनिज ताइपेसँग खेल्ने नेपाली टिमको प्लेइङ इलाभेन सार्वजनिक



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग खेल्ने नेपाली फुटबल टिमको प्लेइङ इलाभेन सार्वजनिक भएको छ ।

नेपालले केही बेरमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ ।

यता आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

फिफा वरियतामा चाइनिज ताइपे नेपालभन्दा निकै माथि छ । चाइनिज ताइपे १२५ औं र नेपाल १६१ औं स्थानमा छन् ।

यसअघि नेपालले मलेसियासँग उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित भएको थियो ।

स्वीडेनका योहान कालिनले नेपाली टिम सम्हालेपछि यो उनको चौथो खेल हो । उनकै प्रशिक्षणमा नेपालले यसअघि कुवेतसँग प्रतिस्पर्धा गरेको थियो ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान)

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रवि पासवान

फरवार्ड : अभिषेक रिजाल ।